Today is Thu, 21, Nov, 2024

सामाजिक सञ्जाल प्रति आकर्षित वर्ग खतरामुक्त छैनन्


Thumbnail
  • Educast Nepal
  • February 3, 2020 Published on: 4 Year Ago
  • Listen to this article

    काठमाडौँ,२० माघ । सामाजिक सञ्जाल प्रति आकर्षित आजका युवा तथा अन्य बर्गहरु खतरामुक्त नरहेको कुरा विज्ञले बारम्बार बताउदै आएका छन । विशेष गरेर हाम्रा किशोरकिशोरीहरु सामाजिक सञ्जालको चपेटामा परेका छन । १३ वर्षदेखि १६ वर्षसम्म उमेरसमूहका एक हजार बालबालिकाको अन्तर्वार्ता लिएर  गरिएको एक अध्ययनका अनुसार सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा हानी पुर्‍याउने देखाएको छ ।उक्त अध्ययनका अनुसार सामाजिक सञ्जालले विज्ञले सोचेभन्दा पनि जटिल रूपमा किशोर–किशोरीहरूमा डिप्रेसन लगायतका मानिसक समस्या निम्त्याउने उल्लेख गरेको छ ।

    सो अध्ययन ‘द ल्यानसेट चाइल्ड एन्ड एडोलोसेन्ट हेल्थ’मा प्रकाशित छ । हाल भइरहेको सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अध्ययनकर्ताहरूले विशेषगरी किशोरीहरूमा शारीरिक व्यायाम र निद्रा घटाउने निष्कर्ष निकालेका छन् ।

    वर्तमान अवस्थामा मानिसहरू सामाजिक सञ्जालमा  धेरै नै आकर्षित भएको पाइन्छ, विशेषगरी किशोरकिशोरीहरूले अझ बढि मात्रामा यसको प्रयोग गरेको देखिन्छ ।अध्ययनका अनुसार सामाजिक सञ्जालको अत्यधिक प्रयोगले दैनिक जीवनमा बाधा पुग्ने निष्कर्ष छ ।सामाजिक सञ्जालको बढ्दो प्रयोगले मानसिक स्वास्थ्यमा समेत असर गर्ने र निद्रा पनि असर गर्ने अध्ययनले बताएको छ ।

    यसरी धेरै समय सामाजिक सञ्जालको प्रयोग गर्दा किशोरकिशोरीमा डिप्रेसनको लक्षण देखापर्ने अध्ययनकर्ताको भनाइ छ ।

    Write your comment