काठमाडौं, माघ २० । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य अर्थ सचिव डा. राजन खनालको अवकाश भएपछि एउटा सदस्य पद खाली हुँदैछ । अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहेका अर्थ सचिव खनालको अवकाश हुने भएको हो । राष्ट्र बैंकका गभर्नर सञ्चालक समितिको अध्यक्ष र अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ ।
अनिवार्य अवकाश पाएर खनाल आगामी २२ गते बुधबार सरकारी सेवाबाट बिदा लिने छन् । अवकाश पाउने २ दिन अगाडि नै राष्ट्र बैंकले आज सोमबार बिदाइको तयारी गरेको छ ।
Write your comment