Today is Thu, 23, Jan, 2025

क्यान्सरबाट जोगौ र जोगाऊ


  • Educast Nepal
  • February 4, 2020 Published on: 4 Year Ago
  • Listen to this article

    काठमाडौँ,२१ माघ – आज विश्व क्यान्सर दिवस, विश्वभरि विभिन्न खालका कार्यक्रम सहित मनाइदैछ । विश्वभरिका मानिसहरु क्यान्सर जस्तो भयानक रोगबाट भयभित देखिन्छन जुन स्वाभाविकै हो । यो जटिल रोगबाट जोग्ने उपायहरु सबैलाई  जानकारी हुन जरुरी छ । हाम्रो वरिपरि त्यस्ता  धेरै खानेकुराहरु छन्, जसमा क्यान्सर प्रतिरोधी गुण हुन्छ ।  ती खानेकुराहरु के  के होला ? यो सबैले  बुझ्नुपर्छ । पाठकहरुलाई सुसूचित गर्ने उदेश्यले ती उपयोगी बस्तुहरु र प्रयोगविधि तल लेखिएको छ  ।

    बेल

    बेलको जुस पनि क्यान्सर रोक्न प्रभावकारी हुन्छ । यसको सेवनले ब्लड क्यान्सर र हड्डीको क्यान्सरको प्रभाव कम भएर जान्छ ।

    गाजर

    गाजरको सेवन स्वास्थ्यका लागि जति फाइदाजनक छ । क्यान्सरको रोकथामका लागि पनि त्यत्तिकै असरदार छ । गाजललाई सलादको रुपमा खाए पनि हुन्छ, जुस बनाएर पिए पनि हुन्छ ।

    लसुन

    क्यान्सरको रोगहरुका लागि लसुन एउटा औखति जस्तै हो । क्यान्सरका रोगीहरुलाई यदि लसुन पिसेर पानीमा घोलेर खुवाइयो भने यसबाट क्यान्सर भएकाहरुलाई औधि फाइदा पुग्छ । क्यान्सरबाट बच्नका लागि लसुनको पानी जसले पिए पनि हुन्छ ।

    तुलसी

    तुलसीलाई ‘क्यान्सर किलर’ भने पनि हुन्छ । तुलसीको नियमित सेवनले शरीरका अनेक रोगहरु समाप्त हुँछन् । हरेक दिन तुलसीको २ वा ३ पत्ता खाने गर्नुस । यसबाट क्यान्सर त के ज्वरो पनि आउँदैन ।

    बेसार

    बेसार एउटा राम्रो एन्टिसेप्टिक हो । हाम्रो खानपिनमा बेसारको विशेष स्थान हुन्छ । यसको प्रयोग शुभ कार्यमा पनि गरिन्छ ।  त्यसैले यसको नियमित सेवन गर्नुस । बेसारको नियमित सेवनले क्यान्सरलाई छेउछाउ आउन दिँदैन ।

    नीम

    नीमलाई आयुर्वेदमा सर्वरोग नाशक भनिएको छ । नीममा क्यान्सरसँग लड्ने शक्ति पनि हुन्छ । क्यान्सरको रोगीले यदि दैनिक नीमको ८ देखि १० पत्ता खुवाउने हो भने उसको स्वास्थ्यमा चाँडै सुधार देखिन थाल्छ ।

    ग्रीन टी

    एन्टिअक्सिीडेन्ट गुणहरुबाट भरिपूर्ण ग्रीन टीले शरीरलाई रोग प्रतिरोधी बनाउन सहयोग गर्छ । यसमा एक किसिमको पोषण तत्व हुन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । त्यसैले क्यान्सर प्रतिरोधी खानेकुरामा ग्रीन टि मूख्य मानिन्छ ।

    दही

    दहीले आन्द्रामा हुने क्यान्सरबाट बचाउँछ । दहीमा हुने ब्याक्टेरिया क्यान्सरबाट लड्न सहयोगी हुन्छ । यसले शरीरमा क्यान्सर बढ्नबाट रोक्छ ।

    नरिवल पानी

    नरिवल पानीको सेवनले आन्द्रा र कलेजोको क्यान्सरमा फाइदा मिल्छ । साथै यसले क्यान्सरको सम्भावनालाई पनि घटाउँछ । त्यसैले नियमितरुपमा नरिवल पानीको सेवन गर्नुस ।

    गाजर

    गाजरको सेवन स्वास्थ्यका लागि जति फाइदाजनक छ । क्यान्सरको रोकथामका लागि पनि त्यत्तिकै असरदार छ । गाजललाई सलादको रुपमा खाए पनि हुन्छ, जुस बनाएर पिए पनि हुन्छ ।

    टमाटर

    टमाटरमा हुन प्रोटिनले शरीरमा क्यान्सरको प्रभावबाट हुने खतराहरु कम गर्छ । त्यसैले आफ्नो दैनिक खुराकमा टमाटरलाई समावेश गर्न बिर्सनु हुन्न ।

    चुकन्दर

    चुकन्दरको आधा कप जूस दिनमा २ देखि ३ पटक पिउँदा क्यान्सर प्रारम्भिक लक्षणमै रोकिन्छ ।

    कागती

    कागतीको रस क्यान्सर रोगीहरुका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनबाट शरीरमा क्यान्सर लाग्न पाउँदैन ।

    अदुवा

    अदुवाको रस दिनमा दुईपटक दुई चम्चाको मात्राले सेवन गर्दा क्यान्सरबाट निकै  राहत प्राप्त हुन्छ ।

    क्यान्सरबाट जोगिन हामीले आजैदेखि निम्नलिखित बस्तुहरु त्याग्नु पर्छ

     क्यान्सरको मुख्य कारण नै हाम्रो वातावरण र खाद्यपदार्थ हुन । कतिपय खानेकुराहरुको प्रयोग नै कालान्तरमा   क्यान्सरको कारण बन्न सक्छ ।

    सुर्तिको सेवन  चुरोट पिउँदा फोक्सोको क्यान्सर, किड्नीको क्यान्सर ब्ल्याडरको क्यान्सर र गर्भाशयको क्यान्सर हुन सक्छ । सुर्ति र गुट्खा खाँदा मुख र पाचन ग्रन्थिमा क्यान्सर हुन सक्छ । क्यान्सरमा ९० प्रतिशत घटनामा यसको सबैभन्दा ठूलो कारण चुरोट वा सुर्ति नै रहेको पाइएको छ ।

    बिडी वा चुरोट–  बिंडी वा चुरोट पिउँदा शरीरमा क्यान्सर उत्पादक तत्व प्रवेश गर्छन् । यी तत्वले स्वस्थ कोशिकाहरुलाई रोगी कोशिकाहरुमा बदलिदिन्छन् र यही कोशिकाहरु क्यान्सरमा परिणत हुन्छन् ।

    अस्वस्थ्यकर खाना- कुहिएको, बासी, सडेगलेको, तारेको, भुटेको, मसलेदार खानेकुरा क्यान्सरको कारण बन्छ ।

    यसका साथै क्यान्सरबाट टाढा रहन निम्नलिखित कुराहरुमा ध्यान दिनुपर्छ

    शरीरलाई फुर्तिलो राख्ने र तौल नियन्त्रण गर्ने

    फिटनेसका लागि यो आवश्यक छ कि जति क्यालोरी खानामा लिइन्छ, त्यसको प्रयोग हुनुपर्छ, अन्यथा शरीरमा बोसो जम्न थाल्छ र मोटोपना बढ्न थाल्छ । मोटोपनाको कारणले मूत्राशयको क्यान्सर, स्तन क्यान्सर, गर्भाशयको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर आदिको खतरा बढेर जान्छ । त्यसैले व्यायाम गरौं, शारीरिक श्रम गरौं ।

    पौष्टिक खानेकुरा खाने

    शरीरलाई रोगबाट बचाउनका लागि, फिटनेसका लागि र दिनभर कामका लागि आवश्यक उर्जा पाउन पौष्टिक आहार आवश्यक हुन्छ । पौष्टिक आहारको अर्थ फल, सागपात, दूध, अन्डा र ड्राइ फ्रुट्स हो । यसका अलावा पनि खाने हो, त्यसको गुणस्तर र सरसफाईमा ध्यान दिनुपर्छ ।

    घामका हानिकारक किरणहरुबाट बच्ने

    सुर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर, एउटा सिमासम्म मात्र । ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक अल्ट्राभ्वाइलेट किरणहरु पनि आउँछन् जो शरीरका लागि हानिकारक हुन्छन् । यी किरणहरुको सम्पर्कमा लामो समय रहँदा स्किन क्यान्सरको खतरा पैदा हुन्छ ।

    Write your comment