Today is Thu, 23, Jan, 2025

पेट्रोलियम पदार्थ र ग्यासको मूल्य परिवर्तन


  • Educast Nepal
  • February 4, 2020 Published on: 4 Year Ago
  • Listen to this article

    काठमाडौं, २१ माघ । नेपाली बजारमा फेरी पेट्रोलियम पदार्थको मूल्य घटेको छ । तर  ग्यासको मूल्य भने  बढेको छ ।

    सोमबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

    निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो ।

    अब पेट्रोलको मूल्य प्रति लिटर रू ११०, डिजल र मट्टितेलको प्रति लिटर  मूल्य रू ९९  कायम गरिएको छ ।

     ग्यासको मूल्य भने वृद्धि गरिएको छ । ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १३७५ रुपैयाँ पुर्‍याएको निगमले जनाएको छ ।

    हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।

    Write your comment