Today is Thu, 23, Jan, 2025

सामाजिक कार्यमा नेपाल बंगलादेश बैँक


  • Educast Nepal
  • February 4, 2020 Published on: 4 Year Ago
  • Listen to this article

    काठमाण्डौ,२१माघ । नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गहरुलाई व्हीलचियर सहयोग  गरेको छ । बैकले सोमबार एक कार्यक्रमका बिच बालाजु औद्योगीक छेत्रमा रहेको इन्फिनिटी ल्याब्समा बनेको १० वटा व्हीलचियर सिआईएल काठमाडौद्धारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो ।

    बैँकका नायब प्रमुखकार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएलका महासचिव श्री गणेश के. सी.को उपस्थितीमा धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई सो व्हीलचियरहरु प्रदान गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै  बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले अपाङ्ग व्यक्तिहरुलाई प्रदान गरीएका व्हीलचियर सहज प्रकृतिका भएको बताए । उनले उनीहरुको दैनिक जीवनको गतिशीलतामा सहजता ल्याउने  विश्वास ब्यक्त गरे । नेपालमै बनेका सामानलाई प्राथमिकता दिँदा देशको आर्थिक बृद्धि र देशलाई आत्मनिर्भर बनाउने सन्देश जाने श्रेष्ठले बताए ।

    Write your comment