काठमाडौ, २१ माघ । नेपाल सरकारको गृह मन्त्रालयले १७ जना सहसचिव तथा १८ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ ।
गृहमन्त्रालयले भर्खर बढुवा भएका सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर खटाएको हो । यस अनुसार १६ जिल्लाका सिडिओको हेरफेर भएको तथ्य सम्बन्धित निकायले प्रकाशित गरेको छ ।
Write your comment