Today is Thu, 23, Jan, 2025

Access Education Network को एड्मिसन डे अब तपाईहरूकै सहरमा


  • Educast Nepal
  • August 22, 2022 Published on: 2 Year Ago
  • Listen to this article

    काठमाडौं।  Access Education Network ले आफ्ना देश भरि भएका शाखाहरु मार्फत उच्च शिक्षा हासिल गर्न न्युजिल्यान्ड जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको  छ । नेपाली विद्यार्थीहरूलाई न्युजिल्यान्डकाे एजुकेसन र अपर्चुनिटीजका बारेमा जानकारी गराउने उदेश्यले एक्सीस एजुकेसन नेटवर्कले अगस्ट २४ तारिख देखि ३० तारिख सम्म नेपालका विभिन्न शहरहरूमा अवस्थित आफ्नै कार्यालयहरूमा न्युजिल्यान्ड एडमिसन डे को आयाेजना गर्न लागिरहेकाे छ ।

    विद्यार्थी र अविभावकलाई पाएक पर्ने शहरहरूको एक्सीस एजुकेसन नेटवर्कको कार्यालयमा गई न्युजल्याण्डका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्युटका प्रतिनिधिसँग छलफल गरेर फाइदा उठाउनका लागि एक्सीस एजुकेसन नेटवर्कका म्यानेजिङ्ग डिरेक्टर पुष्पाराज पौडेलले आह्वान गर्नु भएको  छ । पैाडेलको भनाइमा `विशेषगरी न्युजिल्यान्ड एजुकेसन एड्मिसन डे मा Toi Ohomai institute of technology, Western Institute of technology, The waikato institute of technology, Nelson Marlborough institute of technology , Southern institute of technology, UNITEC, Aspire 2 international, Otago polytechnic and Ara institute of canterbury लगायतका शैक्षिक संस्था भाग लिन आइरहेका छन् । यदि तपाईंको साच्चै नै न्युजल्याण्ड गई उच्च शिक्षा हासिल गर्ने याेजना हाे भने याे दिन तपाईंहरूकै लागि हाे ।’ पौडेलले जानकारी गराउनु भयाे ।

    Participant Institutions on Access Education New Zealand Admission Day

     

    “उक्त एडमिसन डे मा उपस्थित शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई आफ्नाे शैक्षिक संस्थाकाे बारेमा चिनारी, न्युनतम याेग्यता र विद्यार्थीहरूका जिज्ञासाहरूलाई समाधान गर्नेछन्”, संस्थाका डिरेक्टर राकेश श्रेष्ठले भन्नु भयाे। श्रेष्ठले थप्नु भयो। “हामीले प्रत्यक वर्ष न्युजिल्यान्डका उत्कृष्ट युनिभर्सिटी,कलेज र इष्टीच्यूट लाई विद्यार्थीहरू सामु एजुकेसन फेयर, एडमिसन डे, सेमिनार लगायतका क्रियाकलाप मार्फत जानकारी गराई रहेका छाै । विभिन्न युनिभर्सिटी, कलेजकाे वारेमा परामर्श प्रदान गर्नु मात्रै ठूलाे कुरा हैन। त्यस गन्तव्यकाे वारेमा पूर्ण जानकारी प्राप्त गरि त्यहाँका शैक्षिक संस्थाहरूसंग सहकार्य गर्नु महत्त्वपूर्ण कुरा हाे । जुन एक्सीस एजुकेसन नेटवर्कले विद्यार्थीहरूकाे पहुँचमा पुर्‍याईरहेकाे छ”।

    साच्चै नै न्युजिल्यान्ड विश्वकाे उत्कृष्ट तेस्राे शैक्षिक गन्तव्यकाे रूपमा चिनिएकाे छ । विद्यार्थीहरूले २१औं शताब्दीलाई आवश्यक विषयगत ज्ञान, सीप र दक्षता हासिल गर्ने उत्कृष्ट गन्तव्यकाे रूपमा न्युजिल्यान्डलाई लिन सकिन्छ । एक्सीस एजुकेसन नेटवर्कले आयाेजना गर्न लागेकाे न्युजिल्यान्ड एजुकेसन एडमिसन डे सबै विद्यार्थीका लागि उपयुक्त हुने देखिन्छ।

    न्युजिल्यान्ड एजुकेसन एडमिसन डे को सुरूवात अगस्ट २४ तारिखमा काठमाडौंकाे न्यू बानेश्वर,अगस्ट २५ मा विराटनगर, अगस्ट २६ मा पाेखरा, अगस्ट २८ मा चितवन र अगस्ट २९ मा बुटवल हुँदै अगस्ट ३० मा पून काठमाडौंकाे पुतलीसडकमा अवस्थित एक्सीसको कार्यालयमा समाप्त हुनेछ।

    Write your comment