काठमाडौं । अबदेखि फेसबुक, ट्वीटर, युट्युव, इन्टरनेट जस्ता सामाजिक सञ्जालमा विज्ञापन नपाइने भएको छ ।
राष्ट्र बैकले एक सुचना जारी गरी यसरी विज्ञापन गरेर अनौपचारिक रुपमा विदेशमा पैसा पठाइएकाले तत्काल नरोकिएको कारवाही गरिने जनाएको छ ।
यदि कसैले यस्ता कारोवार गरेमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र प्रचलित कानुन बमोजीम कारवाही गरीने राष्ट्र बैकले सुचनामा प्रस्ट पारेको छ ।
यस्तो कार्य गैरकानुनी भएको भन्दै कसैले यस्ता माध्यममा विज्ञापन गरेमा कारबाही गर्ने केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै जानकारी गराएको हो ।
सामाजिक सञ्जालमा विज्ञापन गरी अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी भएको राष्ट्र बैंकको भनाई छ । विशेषगरी सामाजिक सञ्जाल, गुगल मार्फत बैंक, वित्तीय संस्था, होटल रेष्टुराँ, गाडी कम्पनि लगायत अन्य कर्पोरेट संस्थाले विज्ञापन गर्दै आइरहेका थिए ।
Write your comment