Today is Mon, 25, Nov, 2024

यस्तो मानिसमा बढी लामखुट्टे आकर्षित हुन्छ


  • Educast Nepal
  • February 3, 2020 Published on: 4 Year Ago
  • Listen to this article

    काठमाडौँ,२० माघ । सन् २०१३ मा प्रकाशित जेनेटिक्स एन्ड इभोलुसनमा मानिसमा हुने ह्युमन ल्युकोसाईट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आकर्षित गर्छ जुन जीनले मानिसको शरीरबाट आउने गन्धलाई नियन्त्रण गर्छन् भन्ने तथ्य उल्लेख छ  । लामखुट्टेले टाउको, अनुहार, हात, खुट्टालगायतका विशेष ठाँउमा मात्र टोक्छन् ।

     सन् २००४ मा जर्नल अफ मेडिकल इन्टोमोलोजीमा प्रकाशित एक अध्ययनले लामखुट्टे टोक्ने मानिसको प्रकृतिबारे खुलाएको छ । सो अध्ययन अनुसार गर्भवती महिला अन्यको तुलनामा दुई गुण बढी जोखिममा हुन्छन् । अन्य व्यक्तिहरुको तुलनामा गर्भवती महिलाहरू लामखुट्टेको टोकाइको दृष्टिले बढी जोखिममा हुन्छन् । प्रायजसो बढी ऊर्जा (मेटाबोलिक रेट) खर्चिने मानिसमा बढी लामखुट्टे आकर्षित हुन्छन् । यसरी ऊर्जा खर्च गर्दा अझै बढी कार्वनडाइअक्साईड निष्काशन हुन्छ । गर्भवती महिलाले अन्यको तुलनामा अझै बढी मेटाबोलिजम निस्काशन गर्छन् ।

    सन् २००४ मा जर्नल अफ मेडिकल इन्टोमोलोजीमा प्रकाशित एक अध्ययनअनुसार ओ समूहका मानिसहरुमा अन्य रक्त समूह (ए, बी र एबी) को तुलनामा बढी लामखुट्टे आकर्षित हुने गर्छन् । उक्त अध्ययनकै अनुसार ओपछि लामखुट्टेका लागि क्रमशः रक्त समूह ए, बी र अन्त्यमा एबी मन पराउँछन् ।

    कोही कोही मानिसको शरीरमा लामखुट्टेलाई आकर्षित गर्ने जीन छ भने पनि धेरै लामखुट्टेले टोक्ने गर्दछन् । मानिसले शरिरमा पैदा हुने रसायनयुक्त गन्धका कारण लामखुट्टे बढी आकर्षित हुन्छ ।

    Write your comment