Today is Sun, 24, Nov, 2024

एजुकेसन एन्ड माइग्रेसन कर्नरले ग्राण्ड एजुकेशन फेयर आयाेजना गर्दै 


  • Educast Nepal
  • August 26, 2022 Published on: 2 Year Ago
  • Listen to this article

    काठमाडौं। लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्द ऐजुकेशन एन्ड माइग्रेसन कर्नरले बृहत शैक्षिक मेला २०२२ को आयोजना गर्ने भएको छ । मेला अगस्ट २९ तारिखका दिन काठमाण्डौंकाे पुतली सडकस्थित शंकरदेव कलेजसँगै रहेको एजुकेसन एन्ड माइग्रेसन कर्नरको आफ्नै कार्यालयमा हुने भनिएकाे छ । फेयरमा अन्तरास्ट्रिय स्तरका पढाइ हुने देश अस्ट्रेलिया, क्यानडा, बेलायत ,USA लगायतका देशहरूमा बुझ्न र अप्लाई गर्न चाहने विद्यार्थीहरूका लागि याे शैक्षिक मेला महत्त्वपूर्ण हुने एजुकेशन एण्ड माइग्रेसन कर्नरका कम्प्लाएन्स् मेनेजर नवराज प्रसाईले जानकारी गराउनु भयो।

    उक्त शैक्षिक मेलामा लगभग २० भन्दा बढी युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरूकाे सहभागी हुने आयाेजक टिमले बताएकाे छ । यस्ता शैक्षिक संघसंस्थाले विद्यार्थीहरूकाे जिज्ञासा, शैक्षिक परामर्शका बारेमा बुझ्न र अप्लाई गर्न मद्धत गर्नुका साथै विषय बस्तुमा भरपुर ज्ञान प्राप्त गर्न सक्ने छन्।

    मेलामा यस संस्थाकी ब्राण्ड ऐम्बेस्डर एव नेपाली सिनेमाकी चर्चित नायिका उपासना सिंह ठकुरीको पनि सहभागिता रहने छ । यसैबीच उपासनाले पनि मेलामा जमघट भएर शिक्षा र चलचित्र क्षेत्रको बारेमा बिध्यार्थीहरूसँग भलाकुसारी गर्ने भएकी छन् ।

    शैक्षिक मेलाका दिन विभिन्न युनिभर्सिटी, कलेज र इन्स्टिच्युटले बिध्यार्थीहरूलाई छात्रवृत्तिका बारेमा पनि परामर्श दिने भएका छन्। मेलामा विध्यार्थीहरूका लागि विभिन्न आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।

    Write your comment