Today is Sat, 23, Nov, 2024

बार्बरा  शेफरकोको नेतृत्वमा जर्मन दुतावास, जी.आइ.जेड. र के.एफ.डब्लु. का प्रतिनिधि र उच्च अधिकारीहरु बीच भेटघाट 

बार्बरा  शेफरकोको नेतृत्वमा जर्मन दुतावास, जी.आइ.जेड. र के.एफ.डब्लु. का अधिकारी र प्रधानमन्त्री सेर बहादुर देउवा बीच भेटघाट 

  • Educast Nepal
  • August 5, 2022 Published on: 2 Year Ago
  • Listen to this article

    बार्बरा सेफर, जर्मनीको आर्थिक सहयोग तथा विकास मन्त्रालय (बि.एम.जेड) मा एसिया, दक्षिण एसियासँगको सहयोग सम्बन्धि नीतिगत मुद्दा विभागको प्रमुख नेपालको तीनदिने भ्रमण (१६-१८ श्रावण) गर्नुभएको छ। यस भ्रमणमा नेपाल र जर्मनीबीचको भविष्यमा हुने द्विपक्षीय विकाश सहयोग बारे छलफल भएको थियो। यसअघि जर्मनीका चान्सलर ओलाफ ओलाफ शुल्ज र नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबीच पत्र आदानप्रदान गरी दुई देशबीचको दीर्घकालीन विकास सहयोगलाई निरन्तरता दिने सहमति भएको थियो ।

    बार्बरा  शेफरकोको नेतृत्वमा जर्मन दुतावास, जी.आइ.जेड. र के.एफ.डब्लु. का अधिकारीहरुले परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा अर्थ मन्त्रालयक उच्च अधिकारीहरुसँग बैठक गर्नुभयो।

    बार्बरा शेफरले राजनीतिक साझेदारहरूसँगको प्रेरणादायी छलफलबारे प्रकाश पार्दै भनिन्, “यी तीन दिनले नेपाल र जर्मनीबीचको सम्बन्ध लामो र विश्वसनीय भएको पुनः स्थापित गरेको छ। जर्मनीको अनुदान सहयोगले नेपाललाई अन्य कुराहरुका साथै जलवायु सम्बन्धी महत्वाकांक्षी राष्ट्रिय निर्धारण योगदान (एनडीसी) लाई सहयोग गर्नेछ र मध्यम आय भएको देश बन्ने बाटोमा सहजीकरण गर्नेछ ।” यसका साथै जर्मनी र नेपालले स्वास्थ्य, सामाजिक सुरक्षा, दिगो आर्थिक विकास र गरिबी निवारणका क्षेत्रलाई भावी सहयोगका लागि सम्भावित क्षेत्रका रूपमा हेर्न सहमत भएका छन् ।कार्यवाहक राजदूत डा. स्टेफान रुसेकले भन्नु भयो, “कोविडको २ वर्षभन्दा बढी समयपछि जर्मन प्रतिनिधिमण्डलले अन्ततः नेपालका हाम्रा साझेदार मन्त्रालयहरूलाई व्यक्तिगत रूपमा भेट्न र हाम्रो सहयोगको भविष्यबारे छलफल गर्न पाएकोमा म खुसी छु। मलाई आशा छ कि यो हाम्रा दुई देशहरू बीचको सरकारी स्तरमा थप राजनीतिक आदानप्रदानको लागि सुरूवात बिन्दु हुनेछ।

    नेपाल र जर्मनीबीच ६० वर्षभन्दा लामो समयदेखिको द्विपक्षीय सहयोग रहेको छ । जर्मन विकास सहयोगले दिगो विकास लक्ष्य हासिल गर्न नेपालको प्रयासलाई सहयोग गर्दै आएको छ । कोभिड-१९ पश्चात तत्काल चालिस लाख भन्दा बढी कोभिड खोप लगायत अरु स्वास्थ्य सामग्री सहयोग समेत प्रदान गरिएको थियो। सेप्टेम्बर २०२१ देखि, जर्मनीले नेपाल सरकार र १७ विकास साझेदारहरूले अनुमोदन गरेको ग्रिड (GRID) सम्बन्धी काठमाडौं घोषणापत्रमा हस्ताक्षर गरेअनुसार नेपालको हरित र समावेशी विकास (GRID) को लक्ष्यलाई सहयोग र समर्थन प्रदान गरेको छ।

    नेपालमा जर्मन द्विपक्षीय प्राविधिक सहयोग Kreditanstalt für Wiederaufbau (KfW) मार्फत वित्तीय सहयोग तथा Deutsche Gesellschaft für Internationale Zusammenarbeit (जी.आइ.जेड.) र National Metrology Institute (PTB) मार्फत प्राविधिक सहयोग गर्दै आएको छ। जर्मनीले युरोपेली संघ र यसका सदस्य राष्ट्रहरूसँग धेरै नजिकबाट काम गर्दछ र संयुक्त राष्ट्र संघ, विश्व बैंक वा एशियाली विकास बैंक जस्ता धेरै बहुपक्षीय संस्थाहरूको प्रमुख योगदानकर्ता वा सरोकारवाला समेत हो।

     

     

    Write your comment