काठमाडौको ज्ञानेश्वरमा रहेकाे मिड भ्याली इन्टरनेशनल कलेज नेपालकै गुणस्तरीय, ब्याबहारीक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने बेस्ट म्यानेजमेन्ट एण्ड हस्पिटालीटी कलेज हो । याे कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्नुका साथैे देश तथा विदेशबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । सन् २०११ मा इन्टरनेसनल होटल म्यानेजमेन्ट कलेजका रुपमा स्थापना भएको यस कलेजमा ब्याचलर्सडिग्री प्राेग्राम होटल म्यानेजमेन्ट सन्चालन गदै आएकाे छ ।
बिश्व भर मान्यताप्राप्त शैक्षिक गुणस्तर प्रदान गर्ने हेतुले यसले विभिन्न देशहरुमा कुटनैतिक सम्बन्ध समेत जाेडेकाे छ । विगत ११ बर्ष देखि शिक्षा क्षेत्रमा काम गरिरहेकाे यस कलेजले ब्यस्थापन, ब्यबसायिक, प्राविधीक शिक्षाकाे क्षेत्रमा सक्षम र दक्ष ब्यक्तीत्व उत्पादन गदै आईरहेकाे छ । होटल म्यानेजमेन्ट तथा बिजनेस म्यानेजमेन्ट कलेजका रुपमा देशभित्रका विद्यार्थी मात्र नभई छिमेकी देशकाे विद्यार्थीहरुमा पनि चासोकाे विषय बन्दै आएकाे हाे। अध्यनका लागि हुने पढाइमा ब्याचलर अफ हस्पिटालिटी म्यानेजमेन्ट, बीएचएम ,ब्याचलर अफ बिजनेस फाइनान्स, संचालीत छन्। यस कलेजले पढाइमा मात्र जाेड नदिई विद्यार्थीमा मनाेरन्जन सँगै अन्य आकर्षक सुविधाहरूमा अनुभवी र सक्षम शैक्षिक समुह,अत्याधुनिक पूर्वाधार, लाइव किचन, डेमो रेस्टुरेन्ट र बार,आईटी ल्याब, विभिन्न कार्यक्रमको लागि सभाकक्ष, क्याफेटेरिया, प्रशस्त पार्किंग स्थल, खेल मैदान, प्रसस्त पुस्तक सहितको पुस्तकालय र ई-लाइब्रेरी लगायतका सुविधा बिध्यमान छन्। अष्ट्रेलियन, मलेशियन र ब्रिटिश विश्वविद्यालयहरूमा क्रेडिट स्थानान्तरण सुविधाहरू,विदेशी देशहरूमा इंटर्नशिप,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्याकल्टी भिजीट, जब प्लेसमेन्टमा सहयोग जस्ता सेवा प्रदान गर्नु नै मिड भ्याली इन्टरनेशनल कलेजको बिषेशता हो।
मिड-भ्याली इन्टरनेशनल कलेज नै सबै काे राेजाईमा किन ?
यस कलेजकाे मुख्य उद्देश्य भनेकैै सैद्धान्तिक ज्ञान र व्यावहारिक ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्नु नै हो। जुन विद्यार्थीहरुका लागि उनीहरूको जागीर र उध्यमशिलतामा अती नै उपयोगी हुनेछ। यस इन्टरनेशनल कलेजका कर्मचारी सदस्यहरू अनुभवी प्रोफेसर र शिक्षकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर लागिपरेकाछन्। यसले विद्यार्थीहरूलाई उनीहरूको ज्ञान र सीपहरूका आधारमा उनीहरूलाई आफैंले टिम मेनेजमेन्ट गर्ने, समयमै टास्क सक्ने, निर्णय लिने लगायतका क्षमता बिकास गराउन सम्पुर्ण कलेज परिवार केन्द्रीत छ। विद्यार्थीहरूलाई प्रायः शैक्षिक भ्रमण, कार्यशाला र सेमिनारहरूमा उपस्थित गराई बिध्यार्थीहरूको ब्यक्तीत्व बिकास गराइन्छ। जसको फलस्वरुप हाल मिड भ्याली इन्टरनेशनल कलेजका पुर्व बिध्यार्थीहरू स्वदेश तथा बिदेशमा उच्च तहमा रोजगारी तथा ब्याबसाय संचालन गर्दै आइरहेको छन्।
मिड-भ्याली इन्टरनेशनल कलेजमा संचालीत शैक्षिक कार्यक्रमहरू के के छन् त ?
1)BATCHLOR OF BUSINESS (HOSPITALITY MANAGEMENT) BBHM HONS
मिड भ्याली इन्टरनेशनल कलेजले उद्यमशीलताका लागि हेल्प युनिभर्सिटी मलेसियाको BBHM सञ्चालन गरीरहेको छ। नेपालमा BBHM डिग्रीले यसको विभिन्न केन्द्रहरू मार्फत विद्यार्थीहरूलाई नयाँ व्यापार अवसरहरू खोज्न प्रोत्साहित गर्दछ। आतिथ्यताको क्षेत्रमा आफ्नै उद्यम सुरु गर्न र उद्यमी बन्न चाहने विद्यार्थीहरूलाई कलेजले सधैं आवश्यक मद्दत र मार्गदर्शन प्रदान गर्दछ।
2)BATCHLOR OF BUSINESS (FINANCE) HONS
मिड भ्याली इन्टरनेशनल कलेजले उद्यमशीलताका लागि नेपालमा हेल्प युनिभर्सिटी मलेसियाको BATCHLOR OF BUSINESS (FINANCE) HONS डिग्रीले यसको विभिन्न केन्द्रहरू मार्फत विद्यार्थीहरूलाई नयाँ व्यापार अवसरहरू खोज्न प्रोत्साहित गर्दछ। ब्यबस्थापनको क्षेत्रमा आफ्नै उद्यम सुरु गर्न र उद्यमी बन्न चाहने विद्यार्थीहरूलाई कलेजले सधैं आवश्यक मद्दत र मार्गदर्शन प्रदान गर्दछ। मिड-भ्याली इन्टरनेशनल कलेजले मलेशिया, भारत, चीन, बहराइन र जापानमा इन्टर्नशिप प्रदान गरि राेजगारी सिर्जना पनि गराउछ।
3)VOCATIONAL AND TECHNICAL PROGRAMS
बिध्यार्थीहरूको चौतर्फी बिकास युनिभर्सिटी डिग्रीबाट मात्र सम्भव छैन। त्यसका भोकेशनल टेनीङ जरुरी देखिन्छ। जसका लागि मिड भ्याली इन्टरनेशनल कलेजले युरो स्कील्स् टेक्नीकल एण्ड भोकेशनल एकेडेमीको इन्फर्मेसन टेक्नोलोजी र हस्पिटालीटी संञ्चालनमा ल्याएको छ भने Council for Technical Education and Vocational Training (CTEVT)को सर्टिफिकेट इन बारीष्टा टेनीङ र सर्टिफिकेट इन बेकीङ एण्ड पेस्ट्री सञ्चालन गरीरहेको छ।
जापानमा इन्टर्नशिप र रोजगारीको लागि पहल
MVIC ले फोर्थ भ्याली कन्सर्ज कर्पोरेशन, जापान, कनेक्ट जब र लीड एक्स नेपालसँग ब्याचलर अफ बिजनेस (हस्पिटालिटी म्यानेजमेन्ट) का विद्यार्थीहरूलाई जापानमा नि :शुल्क जापानी भाषा पाठ्यक्रम, इन्टर्नसिप र जब प्लेसमेन्ट उपलब्ध गराउन एमओयूमा हस्ताक्षर गरेको छ। तसर्थ हस्पिटालीटी र म्यानेजमेन्टमा ब्यक्तीत्व बिकास गर्न चाहाने बिद्यार्थीहरुका लागी मिड भ्याली इन्टरनेशनल कलेज एक उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सक्दछ।
Write your comment