Today is Sun, 24, Nov, 2024

भि• आई•टी• युनिभर्सिटीको प्री ओरेन्टेसन प्रोग्राम सम्पन्न


  • Educast Nepal
  • September 6, 2022 Published on: 2 Year Ago
  • Listen to this article

    ललितपुर। कृष्णा फाउन्डेसनले ललितपुरकाे होटल हिमालयमा भेल्लाेर ईन्स्टिच्युट अफ टेक्नाेलाेजी भि•आई•टी• (डिम टु बि युनिभर्सिटी)मा पढ्न भर्ना भएका, पढ्न जान चाहने बिध्यार्थीहरू र तिनका अभिभावकहरूलाई एकै ठाउँमा राखि प्री ओरेन्टेसन प्रोग्रामको आयोजना गरेको छ। भेल्लाेर ईन्स्टिच्युट अफ टेक्नाेलाेजी भि•आई•टी• (डिम टु बि युनिभर्सिटी) अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको एक प्रतिष्ठित शैक्षिकसंस्था हो। यसले निरन्तर रूपमा उच्च शिक्षाको गुणस्तर सुधार गर्न बिश्व स्तरीय अनुसन्धान मार्फत २१औ सताब्दीलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गरीरहेको छ। विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्य गरि भेल्लाेर ईन्स्टिच्युट अफ टेक्नाेलाेजीले आफ्नो शैक्षिक कार्यक्रम अगाडि बढाइरहेको कुरा उक्त कार्यक्रममा युनिभर्सिटीका डाइरेक्टर इन्टरनेसनल रिलेसनस् डा. सि विजय कुमारले कार्यकममा जानकारी गराउनुभयाे।

    डा. विजय कुमारले कार्यक्रममा बाेल्नुहुदै धेरै विद्यार्थीहरू छन् जसले विदेशी विश्वविद्यालयहरूसंग अनुसन्धानको योजनाहरू गास्दै भि• आई•टी• मार्फत आफ्नो करीयर अगाडि बढाएको उदाहरण प्रस्तुत गर्नु भएको थियो। भि•आई•टी•ले नेपाली विद्यार्थीहरूलाई भारतीय बिध्यार्थीहरू सरह नै फि स्टक्चरमा उच्च गुणस्तरको शिक्षा दिएकै कारण कृष्णा फाउन्डेसनले यो युनिभर्सिटीलाई नेपालमा प्रबर्द्धन गरीरहेको कृष्णा फाउन्डेसनका चेयरम्यान सन्तोष कुमार चौधरीले कार्यक्रममा जानकारी गराउनु भयो।

    युनिभर्सिटीमा मेकानिकल ईन्जिनियर, आर्किटेक्चर, ईन्फरमेसन टेक्नोलोजी, केमिकल ईन्जिनियरिङ्ग, डिजाइन टेक्नोलोजी,सिओटु(Co2) रिसर्च एण्ड ग्रिन टेक्नोलोजी, टेक्नोलोजी म्यानेजमेन्ट लगाएतका अन्तर्राष्ट्रिय स्थरका काेर्सहरू संचालीत रहेका छन्।

    मन्तव्य कै क्रममा कृष्णा फाउन्डेसनका इन्टरनेसनल डाइरेक्टर सुजित कर्णले (VIT) का बारेमा मन्तव्य राख्दै विद्यार्थी र अविभाबककाे जिज्ञासालाई प्रश्नाेतर मार्फत समाधान गरेका थिए ।

    Write your comment