काठमाडौं। क्यानडा र युकेलाई केन्द्रित गरेर विदेश अध्ययनार्थ जान इच्छुक बिद्यार्थीहरुलाई लक्ष्यित गर्दै एड्भोयको एक दिने अब्रोड स्टडी एक्स्पो भोलि हुने भएको छ । हात्तिसार स्थित अरन्या बुटिक होटलमा उक्त एक्स्पो हुन लागेको हो। उक्त एक्स्पोमा विद्यार्थीहरूले युके र क्यानडाका युनिभर्सिटी, कलेज र इन्स्टिच्युटका प्रतिनिधिहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न पाइने एड्भोयले जनाएको छ ।
पछिल्लो समय युके र क्यानडा अध्ययन गर्न जाने विद्यार्थीहरूको संख्या अत्यधिक बढिरहेका बेलामा एड्भोय एक्स्पोको आयोजना गरेको एड्भोय नेपालका निर्देशक फिलिप डिसिले बताए ।
उक्त एक्स्पोमा युके र क्यानडाबाट १५ भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहनेछ भने विद्यार्थीहरूले स्पट एसेस्मेन्ट, थप छात्रवृत्तिको सुविधा,लगायतका अन्य सम्बन्धित जानकारीहरू प्राप्त गर्नुको साथै प्रतिनिधिहरूबाट परामर्शसहित शीघ्र अफर लेटरको सुविधा पाउने डिसीको भनाई छ ।
त्यस्तै एड्भोयको बृहत् कोर्सहरूको सूचिबाट आफूलाई उपयुक्त हुने कोर्स छनौट गर्ने अवसर पनि विद्यार्थीहरूले पाउनेछन् । विद्यार्थीमा रहेका भिसा सम्बन्धी, छात्रवृत्ति सम्बन्धी र अन्य जिज्ञासाहरू सम्बन्धित शैक्षिक संस्थाकै प्रतिनिधिहरूबाट समाधान गराई दुई दिन भित्र अफर लेटर प्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको उनको भनाइ थियो । यस शैक्षिक मेलामा बिद्यार्थीहरु अभिभावकको साथमा आएमा मेलाको भरपुर उपयोग हुने पत्रकार सम्मेलन मार्फत आयोजक पक्षले जानकारी गराएको छ।
Write your comment