Today is Tue, 11, Aug, 2026

प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको २९औ बार्षिकोत्सब सम्पन्न


  • Educast Nepal
  • July 29, 2022 Published on: 4 Year Ago
  • 1,703 Views

    काठमाडौं। प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीले आफ्नो स्थापनाको २९औ बर्ष गाठ भब्यताका साथ मनाएको छ।  लाजिम्पाटमा अबस्थित भुमी रेष्टुरेण्टमा आयोजित उक्त बार्षिकोत्सब कार्यक्रममा बिभिन्न युनिभर्सिटीका नेपाल प्रतिनिधि, अतिथि र प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको बिभिन्न ब्रान्च प्रतिनिधिहरूको बाक्लो उपस्थित रहेको थियो।
    प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीले बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गरेको र भविष्यमा पनि अझ स्तरीय सेवा प्रदान गर्न उपस्थित अतिथिहरूले शुभकामनासमेत व्यक्त गर्नु भएको थियो।
    शुभकामना ब्यक्त गर्ने क्रममा साउदर्न क्रस युनिभर्सिटीकी कन्ट्री मेनेजर नेपाल, भुटान, बङ्गलादेश, नर्थ एण्ड नर्थ इष्ट इन्डिया सुबी प्रधान, सोही युनिभर्सिटीका क्लाइन्ट सर्भिस नेपाल, भुटान, बङ्गलादेश फुर्बु तासी लामा, यु टी एस  कलेजकी रीजनल पाट्नर मेनेजर, सब कन्टीनेट अपराजिता सिङ मल्ल, नभितास् की एरीया मेनेजर नेपाल, सृष्टि भट्टराई लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको यो सफल यात्रामा साथ दिनुहुने अतिथि र प्रोफेशनल फेमेलीहरूलाई मायाको चिनो प्रदान गरीएको थियो।

    Write your comment